२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

जग्गा रोक्काले आतंक

सत्तारुढ नेपाली कांग्रेस प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाले जग्गा रोक्काले जताततै आतंक मच्चाएको बताएका छन्। आइतबारको प्रदेशसभा वैठकमा विशेष समय लिएर बाेल्दै कोइरालाले कतै जग्गा रोक्का नगरेर कतै जग्गा रोक्का गरेर  जनतालाई आतंकित पारिएको बताए।  

उनले ऋण लिन जाने सेवाग्राहीको जग्गा रोक्का नगरेर आतंक मच्चाइएको र विकास आयोजनाहरूले रोक्का गरेको जग्गाको  बर्षौसम्म मुआब्जा नदिएर र फुकुवासमेत नगरेर राज्यले आतंक मच्चाएको बताए। कोइरालाले भने, ‘पछिल्लो समय जग्गा बर्गीकरणको नाममा ऋण लिन जाने सेवाग्राहीको जग्गा रोक्का नगरेर आतंक मच्चाइएको छ।’ कोइरालाले प्रदेश १ मा विकासका नाममा रोक्का गरिएको जग्गाले पनि स्थानियलाई आतंकित बनाएको बताए। 

विराटनगर विमानस्थल विस्तारका लागि दुई वर्ष पहिले रोक्का गरिएको जग्गाको अझैसम्म मुआब्जा नदिइएको र जग्गा फुकुवासमेत नगर्दा स्थानियले गर्जो टार्न बैंकबाट ऋणसमेत पाउन नकेका छैनन्। यतिमात्रै हैन जग्गा वेच्न पनि नपाउँदा समस्यामा परेका छन्। यस्तै पूर्वपश्चिम रेल मार्गले रेलमार्ग निर्माणका लागि दुई वर्ष पहिले  रोक्का गरेको जग्गाले झापा, मोरङ र सुनसरीका १८ वटा पालिकाका  ५ हजार परिवार प्रभावित बनेको कोइरालाले बताए। उनले जग्गा रोक्काको समस्या तत्काल समाधानका लागि संघीय सरकारसँग पहल गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित: ५ असार २०७९ ११:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App