४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एनसेलद्वारा मनसुन धमाका अफर

एनसेल आजियाटा लिमिटेडले मनसुन धमाका अफर ल्याएको छ। यसअन्तर्गत एनसेलका ग्राहकहरूले अनलिमिटेड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेट प्याकबाट फाइदा लिन सक्छन्।

यी प्याकहरू जेठ १९ गते बिहीबारबाट सञ्चालनमा रहनेछन्। ग्राहकका दैनिक डेटाको आवश्यकताको सहज रूपमा सम्बोधन गर्न यस अफर अन्तर्गत एक दिन समयावधि भएका तीन डेटा प्याकहरू रहेका छन्।

आफ्नो आवश्यकता अनुसार ग्राहकले करसहित २९ रुपैयाँदेखि ४८ रुपैयाँ पर्ने आकर्षक डेटा प्याक सुचारु गर्न सक्नेछन्। एष्ट्रिक्स१७१२३ह्यास डायल गरि ग्राहकले यो प्याक खरिद गर्न सक्नेछन्। डेटाका साथै, एनसेलले यस अफरमा भ्वाइस र एसएमएस सेवा बन्डल गरिएका एक दिन समय सीमा रहेका तीन प्याकहरू पनि ल्याएको छ।

यी प्याक लिने ग्राहकले नेपालका अन्य कुनै पनि मोबाइल नेटवर्कका अझै सुलभ दरमा फोन गर्न र एसएमएस पठाउन सक्छन्। एनसेलका प्रिपेड ग्राहकले आफ्नो दैनिक भ्वाइस र एसएमएस सेवाको आवश्यकता अनुसार प्याक सुचारु गर्न सक्छन्।

उनीहरुले करसहित १२ रुपैयाँमा ३० मिनेट टक टाइम र ३० वटा एसएमएस बन्डल भएको प्याक, १४ रुपैयाँमा १०० मिनेट टक टाइम र १०० एसएमएस वा २९ रुपैयाँमा २९० मिनेट टक टाइम र २९० वटा नै एसएमएस भएको बन्डल प्याक लिन सक्छन्।

यी अल नेट प्याकहरू एष्ट्रिक्स१७१११८ह्यास डायल गरि सहजै लिन सकिन्छ। यस मनसुन धमाका अफर अन्तर्गतका डेटा प्याकहरू र अल नेट भ्वाइस र एसएमएस बन्डल प्याकहरू ग्राहकले एनसेल एप, एनसेलको वेबसाइट र डिजिटल वालेटहरु जस्तै इ-सेवा, खल्ती र आइएमई पेबाट पनि सुचारु गर्न सक्नेछन्।

प्रकाशित: १९ जेष्ठ २०७९ १०:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App