विगत केही दिनदेखि बढ्दै गएको बजारमा नेप्सेको वेवसाइटमा भार बढ्न थालेपछि यसमा पनि बेला बेलामा समस्या अाउने गरेकाे छ। नेप्सेमा कारेबार रोकिएपछि लगानीकर्ताहरु आक्रोशित बनेका थिए।
नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष राजकुमार तिमिल्सिनाले फेसबुकमा स्टाटसमा लेख्दै भनेका छन, 'नेप्सेको लाज मर्दो कारणले आज छ घण्टासम्म सेयर कारोबार हुन सकेको छैन। यो कुराले के प्रमाणित गर्छ भने सरकारले पूँजी बजारको मर्म र महत्व बुझेको छैन।'
प्रकाशित: १७ श्रावण २०७२ ०२:२५ आइतबार