२ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

बाल संगठनलाई महालक्ष्मी बैंकको सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको भाटभटेनी शाखाले नक्सालस्थित नेपाल बाल संगठनलाई फिजियोथेरापी उपकरण हस्तान्तरण गरेको छ।

बाल शोषण र अन्याय निर्मूल पार्दै बाल अधिकार संरक्षण र  संवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यका साथ स्थापित संगठनमा रहँदै आएका फरक क्षमताका बालबालिकाको स्वास्थ्य सुधारमा सजिलो होस् भन्ने उद्देश्यले बैंकले फिजियोथेरापी उपकरण हस्तान्तरण गरेको जनाएको छ। हाल बैंकले एक सय तीन शाखामार्फत सेवा दिँदै आएको छ।

प्रकाशित: २४ चैत्र २०७८ ०२:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App