१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

नेप्से परिसूचक ३०.४३ अंकले गिरावट

साताको दोस्रो दिनको सोमबार कारोबारमा पनि नेप्से परिसूचकमा गिरावट आएको छ। आइतबार ४१.४३ अंकले घटेको नेप्से परिसूचक सोमाबार ३०.४३ अंकले घटेर २ हजार ५४१.८३ विन्दुमा झरेको छ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.३ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९२ अंकले गिरावट आएको छ। सोमबार कारोबारमा आएका २३१ कम्पनीको ४९ लाख ५८ हजार कित्ता शेयर २ अर्ब ५४ करोड ५३ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

आइतबारको तुलनामा सोमबार कारोबार रकममा समेत भारी गिरावट आएको छ। आइतबार करिब ५ अर्बको शेयर खरिदबिक्री भएको थियो। सोमबार नेप्सेका १३ उपसमूहमध्ये १३ वटै उपसमूहको परिसूचक राताम्मे देखिएको छ।

जसमध्ये वित्त, जीवन बीमा, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै, विकास बैंक, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ भने बाँकी उपसमूको परिसूचक ० प्रतिशत भन्दा बढीले गिरावट आएको छ।

सोमबार नेप्सेपरिसूचकमा गिरावट आए पनि दुई वटा कम्पनीको शेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ्ग नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै आज देखि दोस्रो बजारमा कारोबार शुरु भएको नेष्डो समृद्ध लघुवित्तको मूल्य ६ प्रतिशतभन्दा बढीले बढेको छ। तर यता सानिमा लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, ग्रीनलाइफ हाइड्रोपावर र प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ।

कारोबार रकमका आधारमा २२ करोड २४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर जीवन विकास लघुवित्त शीर्ष स्थानमा रहेको छ। अपि पावर कम्पनीको ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

प्रकाशित: १४ चैत्र २०७८ १०:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App