२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भक्तपुरकै सबैभन्दा ठूलो पुलको निर्माण पूरा

भक्तपुर नगरकै सबैभन्दा ठूलो पुल निर्माण पूरा भएको छ। निर्माण सम्पन्न भएको केही समय भए पनि शनिबार मात्रै पुलको उद्घाटन गरिएको हो।

भक्तपुर नगरपालिका वडा नं ५ र ७ को बीचमा पर्ने 'गय् भिंद्यो हनुमन्त्ते पुल'को निर्माण कार्य सम्पन्न भएको हो। पुल २५ मिटर लामो र आठ दशमलव ६ मिटर चौडाईको रहेको छ। भक्तपुर नगर भएर दुई वटा खोला बग्छ। एउटा हनुमन्ते र अर्काे खासाङखुसुङ। यी दुई वटा खोलामा भक्तपुर नगरपालिका क्षेत्रमा मात्रै २७ वटा पुलहरु रहेको बताइन्छ।

यी २७ वटा पुलहरुमध्ये सबैभन्दा ठूलो पुल यही गय् भिंद्यो हनुमन्त्ते पुल हो। यो हनुमन्ते खोलामा रहेको छ। उपभोक्ता समितिमार्फत् पुल निर्माण कार्य गरिएको हो। त्यसको लागि २०७५ साल जेठ ९ गते स्थानीय लक्ष्मीभक्त कवांको अध्यक्षतामा १३ सदस्यीय गय् भिंद्यो हनुमन्त्ते खोला पुल निर्माण उपभोक्ता समिति गठन गरिएको थियो।

पुल निर्माणको काम २०७५ असार २ गते शिलान्यास गरी सुरु गरिएको थियो। गय् भिंद्यो हनुमन्त्ते खोला पुल उद्घाटन उपभोक्ता समितिका कोषाध्यक्ष नारायणप्रसाद कवांले पुल कुल चार करोड दुई लाख ४४ हजार नौ सय ६४ रुपैयाँं १२ पैसामा निर्माण सम्पन्न भएको बताए।

त्यसको लागि भक्तपुर नगरपालिकाको तीन करोड दुई लाख ४४ हजार नौ सय ६४ रुपैयाँं १२ पैसा र बागमती प्रदेशबाट १ करोड आर्थिक सहयोग प्राप्त भएको उनले बताए। पुल निर्माणको लागि चन्दा संकलन गरिएको थिएन। तर पनि स्थानीयले चन्दा दिएको बताइएको छ।

साथै गोर्खा इको प्यानलले प्यालनहरु सहयोग गरेको जनाइएको छ। पाँच चरणमा बजेट प्राप्त गरी उपभोक्ता समितिबाट पुल निर्माण भएको जनाइएको छ। यसअघि यहाँं काठ (फल्याक) को साँंधु थियो। त्यसलाई २०३८ सालमा २० मिटर लम्वाई र दुई मिटर चौडाई भएको पुल बनाइएको थियो।

त्यो पुल पनि जीर्ण भएपछि अहिले नयाँं पुल बनेको हो। पुलको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले गरेका थिए। सोही अवसरमा प्रमुख अतिथि बिजुक्छेँले गय् भिंद्यो पुल निर्माण उपभोक्ता समिति, अनुगमन समितिका पदाधिकारीहरुलाई प्रशंसा पत्र प्रदान गरे।

प्रकाशित: २१ फाल्गुन २०७८ १२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App