३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

सहकारीकाे ब्याजदर बढाउन माग राख्दै आन्दोलन

ब्याजदर बढाउनु पर्ने माग राख्दै सहकारी सञ्चालकहरुले आन्दोलन गरेका छन्। मंगलबार सहकारी विभाग अगाडि बचत तथा ऋण केन्द्रिय सहकारी महासंघसँग आवद्ध सहकारी सञ्चालकहरुले बैंक तथा वित्तीय संस्थाहरु जस्तै ब्याजदर बढाउन पाउनुपर्ने माग गदै आन्दोलन गरेका हुन्। 

ब्याजदर निर्धारण समितिको बैठकमा ब्याजदर बढाउन दबाब स्वरुप सहकारी विभागलाई ध्यानाकर्षण गराउनको लागि आन्दोलन गरिएको बचत तथा ऋण केन्द्रीय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताए। उनले पछिल्लो समय सहकारीहरुमा समेत चरम तरलता अभाव भएकाले तरलता सहज बनाउनको लागि ब्याजदर बढाउन पाउनु पर्ने महासंघको माग रहेको स्पष्ट पारे।

कर्मसियल बैंकहरुले अस्वभाविक रुपमा ब्याजदर वृद्धि गर्नाले सहकारीहरुमा असर परेको ढकालले बताए। उनले बैंकहरुको ब्याजदर घटाउनु पर्‍यो कित विगतमा जस्तै सहकारी आफैलाई स्वविवेकले चल्न दिनु पर्ने जिकिर गरे। वरिष्ठ उपाध्यक्ष ढकालले बैंकहरुका आफ्ना सदस्य छैनन् तर सहकारीका आफ्नै सदस्य रहेको बताए। उनले सरकारले विगतमा जस्तै सहकारीलाई स्वतन्त्र रुपमा चल्ने वातावरण दिने र अर्थतन्त्रको तेस्रो पिल्लरलाई सम्मान गर्नु पर्ने बताए।

वरिष्ठ उपाध्यक्ष ढकालले सहकारीहरुले आफ्ना सदस्यहरुबाट बचत संकलन गरेर १० लाख सदस्यहरुलाई सेवा दिइरहेको बताए। उनले सहकारीको क्षेत्रमा प्रत्यक्ष रुपमा ८० हजार बढीलाई रोजगारी दिइरहेकाले महासंघको माग तत्काल सम्बोधन हुनु पर्ने बताए।

प्रकाशित: १० फाल्गुन २०७८ ०८:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App