४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

देश ठग्नेलाई एक साताभित्र ठेगान लाउने गरी काम हुन्छः मन्त्री आले

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्री आलेले देश ठग्नेलाई एक साताभित्र कारबाहीको दायरामा ल्याउने बताएका छन्।

सोमबार अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले विभिन्न तत्वले अहिलेसम्म देशलाई ठग्दै आएको बताउँदै तिनलाई ठेगान लगाउने गरी एक साताभित्रै काम गरेर देखाइदिने बताए। ‘अहिले मैले गरिरहेको काम ट्रेलर मात्रै हो। अब एक साताभित्र पूरा फिल्म पर्दामा देख्ने गरी म काम गर्नेछु,’ उनले भने।

पछिल्लो समय रोयल्टी नतिर्ने क्यासिनोविरुद्व उत्रिएका मन्त्री आलेको कदमपछि क्यासिनो सञ्चालकले धमाधम रोयल्टी तिर्न थालेका छन्। आइतबारसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट ८१ करोड राजस्व संकलन भएको पर्यटन विभागले जनाएको छ।

मन्त्री आलेले केही हप्ता पहिले क्यासिनोको रोयल्टी नतिर्नेको लाइसेन्स खारेज हुने चेतावनी दिएका थिए। मन्त्री आलेको निर्देशनपछि १७ कम्पनीले रोयल्टी बुझाइसकेका छन्।

सोमबारको कार्यक्तममा मन्त्री आलेले हालै सार्वजनिक भिडियो/अडियोबारे समेत मुख खोले। उक्त अडियो/भिडियो १७ पटक तोडमोड गरेर आफ्नोबदनाम गराउन सार्वजनिक भएको मन्त्री आलेको दाबी छ। 

उनले केही तत्व विगतदेखि नै आफ्नो राजनीति फेल गराउन लागिपरेको बताए। मन्त्री आलेले आफू मगरको छोरो भएको र भाषा केही तलमाथी भएको हुन सक्ने बताउँदै सार्वजनिक अडियो भिडियो जस्ताको त्यस्तै नरहेको दाबी गरेका छन्।

मैले एकपटक मात्रै त्यसको जवाफ दिएँ, त्यसलाई एडिट गरेर १७ पटक जोडेछ,’ उनले भने। आफूलाई पटक–पटक फोन गरी उत्तेजित बनाएका कारण आवेशमा आएर एकपटक त्यस्तो बोल्न पुगे पनि त्यस अडियोलाई १७ पटक इडिट गरेर सार्वजनिक गरिएको उनको दाबी छ।

प्रकाशित: १० फाल्गुन २०७८ ०२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App