६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

पोखरा सडक महोत्सवका लागि सहकार्य

सम्झौता गर्दै रेबान र मिडियाका प्रतिनिधि। तस्बिरः नागरिक

अंग्रेजी नयाँवर्षको अवसरमा यहाँ आयोजना हुने पोखरा सडक महोत्सवमा नेपाल रिपब्लिक मिडिया र मेला आयोजक रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) बीच सहकार्य हुने भएको छ। त्यसका लागि मिडिया र रेबानबीच सम्झौता भएको छ।

पोखरामा पुस १५ देखि १७ गतेसम्म २३ औं संस्करणको पोखरा सडक महोत्सव हुँदैछ। पोखरामा हुने यो महोत्सवमा आन्तरिक पर्यटकलाई लक्षित गरेर विभिन्न कार्यक्रम हुने महोत्सव आयोजक रेबानका अध्यक्ष लक्ष्मण बरालले बताए। बरालका अनुसार विगत २३ वर्षदेखि निरन्तर भईरहेको यो महोत्सव पाँचदिनसम्म हुने गरेको थियो। तर, कोरोना संक्रमणले गर्दा पोहोरदेखि तीन दिनमा महोत्सव खुम्चिएको छ।

कोरोना भाइरस संक्रमणको अप्ठेरोका बाबजुत अघिल्लो वर्ष पनि यो महोत्सव भएको थियो। संक्रमण केही कमजोर भएकोले यो वर्ष पनि महोत्सवलाई निरन्तरता दिन पर्यटन क्षेत्र लागिपरेको छ। अंग्रेजी नयाँ वर्षको स्वागत र पुरानो वर्ष बिदाईको फेरो पारेर वर्षेनी एकै समय र अवधिका लागि यो महोत्सव हुँदे आएकोमा कोरोना संक्रमणका कारण अवधि घटाइएको उनले बताए।  

‘कोरोना संक्रमणले खुम्चिएको पर्यटन क्षेत्रलाई ब्यूँताउने माध्यम सडक महोत्सव बन्नेछ,’ अध्यक्ष बरालले भने, ‘अंग्रेजी नयाँवर्षको गन्तव्यस्थल पोखरालाई बनाउन चाहेका हौ।’ विदेशी पाहुना आउन नपाएको अवस्थामा आन्तरिक पाहुनाको भरमा पर्यटन क्षेत्र थेग्नुपर्ने बाध्यतामा पर्यटन क्षेत्र रहेकोमा यस्ता महोत्सवले पाहुना तान्न सघाउने उनले बताए।  

आन्तरिक पर्यटकले निकै नै रुचाएको महोत्सव भएकोेले वार्षिक रुपमा हुने यो कार्यक्रममा पोखरा क्षेत्रका मात्र नभई राजधानी, चितवन, बुटवल, पाल्पा, वीरगञ्ज लगायतका सहरबाट पनि पाहुना आउने गर्छन्। त्यत्ति मात्र नभई सिमावर्ती भारतीय सहरका पर्यटक पनि महोत्सवको छेको पारेर पोखरा घुम्न आउने गरेको महोत्सव संयोजक नरेश भट्टराईले बताए। ‘पर्यटन क्षेत्र जोगिने भनेको अब आन्तरिक पाहुनाकै भरमा परेर हो। आन्तरिक पाहुना भिœयाउन सक्ने हो भने हामी व्यवसायी पनि जोगिन्छौ,’ उनले भने।  

प्रकाशित: ८ पुस २०७८ ०८:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App