४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एभरेस्ट बैंकको सभा

एभरेस्ट बैंकको २७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले लेखा परीक्षकको प्रतिवेदनसहित आव २०७७/७८ को आर्थिक विवरण, वासलात, नाफानोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, वार्षिक प्रतिवेदनलगायत पारित गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

सभाले सेयरधनीलाई आव २०७७/७८ को बोनस शेयर र नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको बैंकले जनाएको छ। सभाले आव २०७७/७८ का लागि सुन्दर एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको समेत बैंकले उल्लेख गरेको छ। हाल बैंकले एक सय शाखा, प्रादेशिक कार्यालय, एक सय ३८ एटिएम र ३१ वटा संकलन केन्द्रबाट सेवा दिँदै आएको छ।

प्रकाशित: ५ पुस २०७८ ०५:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App