२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

उद्योग विभागको महानिर्देशकमा तिवारी

सरकारले उद्योग विभागको महानिर्देशकमा रामचन्द्र तिवारीलाई जिम्मेवारी दिएको छ। गत कात्तिकमा खुल्ला प्रतिस्पर्धाबाट सह–सचिवमा नाम निकालेका तिवारीको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पदस्थापन भएको थियो।

सह–सचिव भएको एक महिनामै तिवारीले विभागको महानिर्देशकको महत्वपूर्ण जिम्मेवारी पाएका छन्। तिवारीले बिहीबारदेखि उद्योग विभागमा काम सुरु गरेका छन्। सरकारले तोकेको जिम्मेवारी अनुसार उद्योगको विकास गर्न काम गर्ने तिवारीले बताए।

विभागका महानिर्देशक जीवलाल भुसालको सरुवा भएपछि मन्त्रायलले तिवारीलाई विभागमा पठाएको हो।

प्रकाशित: १६ मंसिर २०७८ ०८:३४ बिहीबार

उद्योग विभाग महानिर्देशक रामचन्द्र तिवारी