१६ चैत्र २०८० शुक्रबार
अर्थ

नेपालमा 'क्रिप्टोकरेन्सी' कारोबार गर्न सकिने: अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले नेपालमा 'क्रिप्टोकरेन्सी' कारोबार गर्न सकिने बताएका छन्।  नेपाल राष्ट बैंकमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री शर्माले उक्त कुरा बताएका हुन्।

राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री शर्माले भने, ‘हामीले डिजिटल भुक्तानीलाई सबैभन्दा पहिले मूलधारमा ल्याउनुपर्छ र यसको पूर्ण प्रयोगमा आएपछि हामीले हाम्रो बजारमा क्रिप्टोकरन्सीको प्रयोगबारे सोच्न सक्छौँ। नेपालमा क्रिप्टोकरेन्सीको भविष्य छ।'  

के हो क्रिप्टोकरेन्सी?

क्रिप्टोकरेन्सी भनेको डिजिटल वा भर्चूअल अर्थात् कुनै भौतिक अस्तित्व नभएका मुद्रा हो। क्रिप्टोकरेन्सीको केन्द्रीय ब्याङ्क हुँदैन र संसारभरिका थुप्रै कम्प्युटरहरूमा राखिएको रेकर्डको आधारमा यो सञ्चालन हुन्छ। यसबाट सरसमान किन्न वा भुक्तानी गर्न सकिन्छ।

प्रकाशित: ८ मंसिर २०७८ ०८:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App