५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

भारत सरकारको सहयोगमा गोरखा र नुवाकोटका ५० हजार घर पुनर्निर्माण

भारत सरकारको सहयोगमा नुवाकोट र गोरखा जिल्लामा ५० हजार आवास पुनर्निर्माण कार्य सम्पन्न भएको छ। सोमबार भारतीय दूतावासले काठमाडौंमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, यूएनडिपी र यूएनओपिएसँगको सहकार्यमा एक कार्यक्रम आयोजना गर्र्दै भारत सरकारको सहयोगमा नुवाकोट र गोरखा जिल्लामा ५० हजार आवास पुनर्निर्माण कार्य सम्पन्न भएको जानकारी गराएको हो।  

कार्यक्रममा भारतीय दूतावासकी नियोग उपप्रमुख नामग्यसी खम्पाले भारत सरकारले प्रतिवद्धता जनाएअनुरुप ५० हजार निजी घरहरुको पुनर्निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको बताए। उनले नेपाललाई भारत सरकारले पुनर्निर्माणको क्षेत्रमा सहयोग गरिरहेको बताउँदै गोरखा, नुवाकोट र काठमाडौँलगायतका क्षेत्रमा साँस्कृतिक सम्पदाहरु पुनः निर्माणमा सहयोग गरिरहेको बताए। उपप्रमुख खाम्पाले नेपाल सरकारले अपनाएको घरधनी लक्षित पुनर्निर्माण पद्धतिअनुसार सम्पन्न भएको बताए।

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भारतले गरेको सहयोगका लागि धन्यवाद दिए। उनले भारत सरकारले नेपाललाई पुनर्निर्माणका लागि धेरै स्थानमा सहयोग गरेको बताउँदै भारतले उपलब्ध गराउने रकम उचित क्षेत्रमा प्रयोग हुने बताए। 

प्रकाशित: २९ कार्तिक २०७८ ०९:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App