१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अर्थ

सिद्धार्थ बैँकबाट सेतो छडीका लागि सहयोग

सिद्धार्थ बैँक लिमिटेडले काठमाडौंस्थित अपांगता संरक्षण नेपाललाई सामाजिक उत्तरदायित्व अन्तर्गत सयवटा सेतो छडीको लागि ९० हजार रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

सो रकम बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले संस्थाका अध्यक्ष विरोध खतिवडालाई हस्तान्तरण गरेको बैंकले जनाएको छ।

बैंकबाट प्राप्त उक्त सहयोगबाट संस्थाले आगामी मंसिर १७ गते अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा दृष्टिविहीन व्यक्तिलाई सेतो छडी प्रदान गर्नेछ। 

प्रकाशित: २९ कार्तिक २०७८ ०३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App