आइसिएफसी फाइनान्स लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा अमित श्रेष्ठ नियुक्त भएका छन्। उनले विगत १३ वर्षदेखि यसै फाइनान्सका विभिन्न विभागमा रहेर काम गर्दै आएका थिए।
श्रेष्ठले आफ्नो बैंकिङ करियरको सुरुआत नेपाल एसबिआई बैंकबाट गरेका हुन्। श्रेष्ठले काठमाडौ युनिभर्सिटीबाट एमबिए गरेका छन्। उनीसँग बैंकिङ क्षेत्रमा १९ वर्षको अनुभव छ।
प्रकाशित: २ भाद्र २०७८ ०२:४६ बुधबार