१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

गरिबीको रेखा मुनि रहेका जनतालाई निःशुल्क विद्युतः मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले गरिबीको रेखा मुनि रहेका जनतालाई निःशुल्क विद्युत उपयोग गर्न दिइने बताएकी छन्।

बिहीबार मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीहरुसँगको छलफलमा मन्त्री भुसालले आफूले गरिबीको रेखा मुनि रहेका जनतालाई निःशुल्क विद्युत उपभोग गर्न दिने गरी आफूले तयारी अगाडी बढाएको बताइन्। विद्युतको घरेलु उपयोग जसले बढी गर्छ उसलाई विद्युत महशुल पनि कम गर्ने गरी आफूले तयारी गरिरहेको उनले जानकारी दिए।  

उनले भनिन्,‘गरिबीको रेखामुनि भएका आधारभुत जनता, उनीहरुलाई कही राहत दिनुपर्छ भनेर निःशुल्क विद्युत दिने गरेर एउटा तयारी मैले गरिरहेको छु। करिब करिब हामी त्यसको निष्कर्षमा पुग्दैछौँ। घरेलु उपभोग बढाउनको निम्ति जसले बढी बाल्छ उसलाई अलिकति रेट कम होस् भन्ने उद्देश्यले त्यसको तयारी गरेको छु मैले।’

ऊर्जा मन्त्री भुसालले सबै कृषियोग्य भूमिमा सिँचाइ पुर्‍याउनको निम्ति पनि आफु क्रियाशिल रहने बताइन्। सिँचाईको निशुल्क सेवा दिन सके विदेशी तेल खपत गरेर पम्प, मोटर चलाउनुपर्ने अवस्थाको अन्त्य हुने र राष्ट्रिय अर्थतन्त्र बढ्ने उनले बताइन्। सिँचाइको सुविधा पुर्‍याएर युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्ने योजना रहेको उनले उल्लेख गरिन्।  

उनले भने,‘सबै कृषि योग्य जमिनमा सिँचाइ पुर्‍याउने। सिँचाइलाई पनि हामीले आधारभूत र निःशुल्क ढंगले सेवा दिन सक्यो भने विदेशी तेलको खपत गरेर पम्प, मोटर चलाएर सिँचाइ गर्ने व्यवस्थालाई हामीले अन्त्य गर्न सक्यो भने त्यसले राष्ट्रिय अर्थतन्त्रमा उत्पादकत्व बढाउने कुरा र पेट्रोलियम पदार्थमा विस्थापित गर्ने कुरा सँगसँगै कृषिप्रति युवा जनशक्तिको आकर्षण हुन्छ भन्ने मान्यता हो।’

उनले सातै प्रदेशका नदीबाट विद्युत उत्पादनका अध्ययन गरिरहेको पनि बताए।

प्रकाशित: २१ श्रावण २०७८ ०९:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App