४ चैत्र २०८२ बुधबार
image/svg+xml
अर्थ

कपिलवस्तुमा ५३ प्रतिशत रोपाइँ, किसानलाई सिँचाइ र मलको अभाव

कपिलवस्तुमा यस वर्ष हालसम्म ५३ प्रतिशत धान रोपाइँ सकिएको छ। असार दोस्रो सातापछि मात्र फाटफुट सुरु भएको रोपाइँ केही दिनयता वर्षा सुरु भएसँगै तीव्र बनेको छ। 

गत वर्ष यही अवधिमा ४० देखि ४५ प्रतिशतको हाराहारीमा मात्रै रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ। पानीको अभावले यस वर्ष पनि ढिलो गरी मात्र रोपाइँ सुरु भएको थियो।

जिल्लाका १० वटा पालिकाका कृषि शाखासँग लिएको तथ्यांकका आधारमा जिल्लामा ५३ प्रतिशतको हाराहारीमा मात्र रोपाइँ भएको ज्ञान केन्द्रका प्रमुख भास्कर पौडेलले जानकारी दिए। 

जिल्लामा ८३ हजार हेक्टर बढी खेतीयोग्य जमिन छ। जसमध्ये ६५ हजार ८६१ हेक्टर जमिनमा धान खेती हुन्छ। सिँचाइको सुविधा रहेका उत्तरी क्षेत्रमा अत्यधिक रोपाइँ हुँदा सिँचाइ सुविधा नभएका दक्षिणी क्षेत्रमा भने कम रोपाइँ भएको ज्ञान केन्द्र प्रमुख पौडेलले बताए। 

जिल्लामा कुल खेतीयोग्य जमिनको २०.१ प्रतिशत मात्रै सिञ्चित जमिन छ। यस्तै बाह्रै महिना सिँचाइ हुने जमिन ५ दशमलव ६७ प्रतिशत र मौसमी सिँचाइ हुने क्षेत्रफल १४ दशमलव ३८ प्रतिशत रहेको छ।

हरेक वर्ष जसो यस वर्ष पनि किसानले सिँचाइ र मल खादको अभाव झेलिरहेका छन्।  कृषक महासंघका सचिव बाल गोविन्द त्रिपाठीले मनसुन ढिलो भएको र मल खादको अभाव यस पटक पनि हुन पुगेकाले धान उत्पादनमा असर पर्ने बताए। 

प्रकाशित: २८ असार २०८२ १८:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App