१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि लयालुको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यका उम्मेदवार राजेन्द्र लयालु । तस्बिर : नागरिक

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि खोटाङका व्यवसायी राजेन्द्र लयालुले उम्मेदवारी घोषणा गरेका छन् । आगामी साउन २६ र २७ गते काठमाडौंमा हुने वाणिज्य महासंघको निर्वाचनका लागि लयालुले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । लयालुले जिल्ला नगर उद्योग वाणिज्य संघकातर्फबाट नेपाल उद्योग वाणिज्य महासंघको खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेको बताए । सामाजिक व्यक्तित्वको छबी बनाएका लयालु खोटाङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हुन् ।

लयालुलाई वाणिज्य महासंघको केन्द्रीय सदस्यमा विजयी गराउनका लागि उद्योग वाणिज्य संघ खोटाङले प्रचार प्रसार सुरु गरिसकेको छ । निजी क्षेत्रको हक अधिकार सुनिश्चित गर्दै समय सापेक्ष बनाउने प्रयास र पहलका लागि वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिइएको लयालुले बताए ।

प्रकाशित: ८ श्रावण २०७७ १४:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App