३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

खोटाङका दश स्थानीय तहको बजेट प्रस्तुत

खोटाङका सबै स्थानीय तहले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले आ–आफ्नै प्रकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ७६ करोड ९० लाख २७ हजार बराबरको बजेट ल्याएको छ । हलेसी तुवाचुङ नगरपालिकाले ५२ करोड ७८ लाख १४ हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।  

यस्तै, साकेला गाउँपालिकाले ३० करोड ७७ लाख ४४ हजार, दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ५१ करोड ४२ लाख ७ हजार, जन्तेढुंगा गाउँपालिकाले ३३ करोड ३० लाख २७ हजार र ऐसेलुखर्क गाउँपालिकाले ४० करोड ८४ लाख ५२ हजार बराबरको बजेट पेश गरेको हो । बराहपोखरी गाउँपालिकाले २८ करोड ३५ लाख ६९ हजार, केपीलासगढी गाउँपालिकाले ३३ करोड ८५ लाख ३४ हजार, रावाबेँसी गाउँपालिकाले २९ करोड ७७ लाख ९५ हजार र खोटेहाङ गाउँपालिकाले ४८ करोड १८ लाख ४९ हजार बजेट ल्याएको छ ।  

नौ स्थानीय तहले बुधबार तथा खोटेहाङ गाउँपालिकाले बिहिबार नीति, कार्यक्रम तथा बजेट ल्याएको हो । भगवती दिनानाथ माबिका सहायक प्रअ एबं नेपाल शिक्षक महासंघ खोटेहाङ गाउँपालिकाका अध्यक्ष सन्तोष ढकालको निधन भएपछि खोटेहाङ गाउँपालिकाले गाउँसभा एक दिनपछि सारेको हो । 

प्रकाशित: ११ असार २०७७ १४:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App