३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

कलैयाको पाँचौ नगरसभामा एक अर्ब ३१ करोडको बजेट प्रस्तुत

पाँचौ नगर सभालाई उद्घाटन गर्दै नगर प्रमुख यादव र उपप्रमुख खातुन ।

कलैया उपमहानगरपालिकामा बुधबार आयोजना गरिएको पाँचौ नगरसभामा आर्थिक वर्ष ७७ र ७८ को लागि एक अर्ब ३० करोड ९९ लाखको बजेट प्रस्तुत गरिएको छ। प्रस्तुत बजेटमा चालु तर्फ २१ करोड ९६ लाख ३६ र पुँजिगततर्फ ५९ करोड ३८ लाख रहेको छ ।

प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रप्रसाद घिमिरेले प्रस्तुत गरिएको बजेटमा सशर्त अनुदार संघ ८६ करोड ७९ लाख र प्रदेश तर्फ सशर्त अनुदान दुई करोड, राजश्व बाँडफाँडमा चार करोड ४४ लाख, र अन्यमा ३२ करोड ४४ लाख आम्दानी हुने अनुमान गरिएको छ।

त्यसैगरि पूर्वाधार तर्फ ३४ करोड ३० लाख, तलब तर्फ ४ करोड, शिक्षा, स्वास्थ्य, सरसफाई लगाएतको शिर्षकमा रकम  खर्च हुने अनुमान गरिएको  छ।

उपमहागरपालिकाको भौतिक पूर्वाधार, समाजिक विकास, शिक्षा , स्वास्थ्य लगाएको क्षेत्रलाई प्राथ्मीकतामा राखेर बजेट ल्याइएको कलैया उमहानगरपालिका प्रमुख राजेशराय यादवले बताएका छन्।

उपमहानगरपालिकाको सभाहलमा आयोजना गरिएको नगरसभाको कलैया उपमहानगरपालिका प्रमुख राजेशराय यादव र उप प्रमुख रहिमा खातुनले संयुक्त रुपमापानसमा बति बालेर उद्घाटन गरेका थिए ।

प्रकाशित: १० असार २०७७ १५:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App