१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

जीवन बीमा कम्पनीद्वारा साढे ४२ अर्ब कर्जा प्रवाह

मुलुकका १९ जीवन बीमा कम्पनीले बीमालेख धितोमा राखी करिब ४२ अर्ब ६६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्।  चालु आर्थिक वर्ष ०७६/०७७ को त्रैमासिक अवधीमा यी जीवन बीमा कम्पनीले उक्त रकम बीमालेख धितोमा राखि कर्जा प्रवाह गरेको बीमा समितीले जनाएको छ।  

समितीका अनुसार चालु आवको चैत मसान्तसम्म ६ वटा कम्पनीले अर्ब रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेका छन्। सो अवधीमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स र सबैभन्दा थोरै रिलायवल लाइफ इन्स्योरेन्सले कर्जा प्रवाह गरेको समितिले जनाएको छ।  

समितिका अनुसार चालु आवको नौ महिनाको अवधीमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले १६ अर्ब ६९ करोड पाँच लाख रुपैयाँ धिमालेख धितो कर्जा प्रवाह गरेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले सो अवधीमा १२ अर्ब ६२ करोड २७ लाख रुपैयाँ बीमालेख धितो कर्जा प्रवाह गरेको छ।  

त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चार अर्ब ५९ करोड ६२ लाख रुपैयाँ बीमालेख धितोकर्जा प्रवाह गरको छ। समितीका अुनसार सोही अवधीमा एशियन लाइफ इन्स्योरेन्सले दुई अर्ब २८ करोड ५६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।  

समितिका अनुसार सो अवधीमा अर्ब भन्दा माथि बीमालेख धितोकर्जा प्रवाह गर्नै कम्पनीमा राष्ट्रिय बीमा संस्थान र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन्।  

चालु आवको चैत मसान्तसम्म सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले एक अर्ब ६१ करोड ४५ लाख रुपैयाँ र प्राइम लाइफ इन्स्योरेन्सले एक अर्ब १७ करोड ५१ लाख रुपैयाँ बीमालेख धितो कर्जा प्रवाह गरेका छन्।  

त्यसैगरी, मेट लाइफ इन्स्योरेन्सले ९६ करोड चार लाख, युनियन लाइफ इन्स्योरेन्सले ७६ करोड २५ लाख, सुर्या लाइफ इन्स्योरेन्सले ६९ करोड चार लाख, गुराँस लाइफ इन्स्योरेन्सले ५० करोड १७ लाख रुपैयाँ बीमालेख धितो कर्जा प्रवाह गरेका छन्।  

समितिका अनुसार ज्याति लाइफ लाइफ इन्स्योरेन्सले साढे १७ करोड ४३ लाख, सन नेपाल लाइफ इन्स्योरेन्सले १३ करोड ६६ लाख, महालक्ष्मी लाइफ इन्स्योरेन्सले साढे १२ करोड र आइएमई लाइफ इन्स्योरेन्सले करिब ११ करोड रुपैयाँ बीमालेख धितो कर्जा प्रवाह गरेका हुन्।  

सो अवधीमा रिलायन्स लाइफ लाइफ इन्स्योरेन्सले नौ करोड ७१ लाख, सिटजन्स लाइफ इन्स्योरेन्सले आठ करोड २४ लाख, सानिमा लाइफ इन्स्योरेन्सले दुई करोड १० लाख र प्रभु लाइफ इन्स्योरेन्सले एक करोड ३१ लख रुपैयाँ बीमालेख धितो कर्जा प्रवाह गरेका छन्।  

चालु आवको चैत मसान्तसम्म सबैभन्दा कम रिलायवल लाइफ इन्स्योरेन्सले ६५ लाख रुपैयाँ बीमालेख धितो कर्जा प्रवाह गरेका समितीले जनाएको छ।  

 

 

प्रकाशित: २७ जेष्ठ २०७७ १४:५१ मंगलबार

जीवन बीमा