१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अर्थ

सुस्त गतिमा विकास आयोजना

फिदिम–फालोट सडक खण्ड अन्तर्गत फिदिमको बरडाँडा क्षेत्रमा काम हुँदै । तस्बिर : गिरिराज/नागरिक

लकडाउनकै बेला विकास आयोजनाको काम अघि बढाउने सरकारको निर्णयसँगै जिल्लाका ठूला विकास आयोजनाको काम अघि बढेपनि गति भने सुस्त छ । मजदुर, प्राविधिक लगायतको जनशक्ति र निर्माण समाग्रिको अभाव हुँदा समस्या देखिएको छ ।

आयोजनाका काम अघि बढाईपनि परिस्थिती असामान्य हुँदा काममा गति दिन नसकिएको आयोजना कार्यायहरुले बताएका छन् । पश्मिका जिल्लाहरु तथा भारतका मजदुरहरु लगाएर काम गर्ने भएकाले अहिले मजदुरको अभाव छ । उनीहरुलाई लकडाउन सुरु भएपछि घर पठाइएको थियो । यसका साथै निर्माण सामाग्री लगायतका काममा नगदै कारोवार गर्नु पर्ने भएकाले पनि समस्या देखिएको बताईन्छ । मेसीनरी बाहेकका काम अघि बढाउन कठिन भएको ठेकेदार कम्पनीहरुले जानकारी दिएका छन् ।  

केन्द्र सरकार, प्रदेश र स्थानीय सरकारका ठुला साना विकास आयोजनाका काम अघि बढाइएको छ । यो आर्थिक वर्षमै सक्ने साना कामहरुमा केहि गति देखिएपनि बहुवर्षे ठेक्का भएका ठूला आयोजनाका कामले गति पाउन सकेको छैन । इन्धन जुटाउन केहि सहज भएपनि यथेष्टमात्रमा निर्माण समाग्रिको नभएको जानकारी दिइएको छ ।  

सडक, पुल,  भवन लगायतका पूर्वाधारका काम अघि बढेपनि गति भने सुस्त रहेका छन् । बर्षायाम सुरु भएकाले कालोपत्रेको थप काम भने अघि नबढ्ने देखिएको छ । मुख्य समयमा लकडाउन हुँदा यो आर्थिक वर्षमा कालोपत्रेको काममा प्रगति नदेखिने अवस्था रहेको पुष्पलाल (मध्यहाडी) लोकमार्ग आयोजना कार्यालय फिदिमका प्रमुख सुरेश न्यौपाने बताउँछन् । यो कार्यालयले मध्यपहाडी लोकमार्गको भोजपुरसम्मको खण्ड र कोशी÷तमोर कोरीडोरको काम हेर्छ ।  

पुष्पालाल मध्यपहाडी लोकमार्ग, कोशी÷तमोर कोरीडोर, राँके भेडेटार सडक, फिदिम–फालोट जस्ता ठुला आयोजनाका साथै पूर्वाधार कार्यालय पाँचथर तथा भवन डिभिजन कार्यालय लगायतका अघि बढाएका योजना कामहरु अघि बढाईएको छ । तर पर्याप्त जनशक्ति र समाग्रिको अभाव हुँदा कामले तीव्रता पाएको छैन ।

मध्यपहाडी लोकमार्गले लकडाउनको अवधिमा पाँचथर, तेह्थुम, धनकुटा र भोजपुर खण्डमा गरी १० किलोमीटर ग्राबेल, ९ किलोमीटर ट्रायक निर्माण, एउटा पुलको कम सकेको न्यौपानले जानकारी दिए । यि जिल्लामा १६ वटा सडक र ५ वटा पुलका ठेक्का छन् । भोजपुरको कालोपत्रे सक्ने योजना थियो । साथै तेह्थुममा पनि कालोपत्रेको काम धेरै अघि बढाउने योजना थियो । मेसीनरी काम अघि बढेपनि मजुदर आवश्यक हुने टेवा पर्खाल लगायतका कामहरु अघि बढाउन कठिनाई भएको छ । कोशि कोरीडरमा पनि मेसीनले हुने काममात्र अघि बढेको जानकारी दिइएको छ ।

राँके–रवि भेडेटार सडक खण्डको काम भईरहेपनि सुस्त गतिमारहेको आयोजना प्रमुख अभिमान मूल्मीले जानकारी दिए । कालोपत्रेकालाई ठेक्का लागेको १ किलोमीटर सडकको काम पहिलेदेखि सुस्त रहेको थियो ।  

ठुला आयोजनका साथै प्रदेश सरकार तथा स्थानीय तहले पनि काम अघि बढाएको छ । सानो बजेटका पूर्वाधार कामले केहि गति पाएको देखिन्छ । आर्थिक वर्षभित्रमा सक्ने गरी काम भएको छ । पूर्वाधार कार्यालय पाँचथरले पाँचथर र ताप्लेजुङमा दुबै तर्फ काम अघि बढाएको जानकारी दिएको छ । सडक, मोटरेवल पुल, झोलुङ्गे पुलका कामहरु दुबै जिल्लामा अघि बढाईएको पूर्वाधार कार्यलय पाँचथरका प्रमुख ललितकुमार चौधरीले बताए । उनका अनुसार लकडाउनका कारण लक्षअनुसारको प्रगति प्राप्त गर्न कठिन भएपनि प्रयास भईरहेको छ । कार्यालयले पाँचथरमा तीन र ताप्लेजुङमा दुईवटा सडक कालोपत्रेका सडकको काम अघि बढाएको छ ।  

फिदिम फालोटको काममा पनि सुस्तता छाएको छ । फिदिम जिल्ला अस्पताल साथे अन्य विभिन्न ठाँउमा भवन निर्माणको काम भर्यरहेको छ । सामाजिक दुरीकायम राखेर सचेतता अपानाएर भवन को कामम सचेतता अपनाएर अघि बढाइएको शहरी विकास तथा भवन डिभिजन कार्यालय झापाका प्रमुख राजेन्द्र खतिवडाले जानकारी दिए ।  

लकडाउन कारण रड, सिमेन्ट जस्ता समाग्रि तथा जुटाउन कठिन भएको ठेकेदारहरुले जनाएका छन् । यो बेला नगदमै कारोबार गर्नु पर्ने भएकाले समस्या देखिएको उनीहरुको भनाई छ । मजदुरको अभाव भने निक्कै चर्को देखिएको छ । विभिन्न काममा ढिलाई गरीरहेका ठेकेदार कम्पनीले लकडाउनलाई ‘बाहाना’ बनाउने खतरा उत्तिकै छ ।

प्रकाशित: १८ जेष्ठ २०७७ १५:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App