१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

कोभिड विशेष कृषि कार्यक्रमका लागि ५१ करोड

प्रदेश ५

बुटवल— प्रदेश सरकारले कोभिड-१९ बाट प्रभावित किसानका लागि राहत र अनुदानसहितको विशेष कार्यक्रम ल्याएको छ । कोभिड-१९ विशेष कृषि कार्यक्रम अन्तरगत ५१ करोड १४ लाख रकम कृषि क्षेत्रमा खर्च गर्ने निर्णय बिहीबारको मन्त्रीपरिषद बैठले गरेको हो । सो रकम चालु आर्थिक वर्ष भित्रै खर्च गरीसक्ने गरी योजना बनाइएको छ । कार्यक्रम अन्तर्गत कृषि एम्बुलेन्स परिचालनमा ३४ लाख छुट्याइएको छ ।  

व्यवसायिक तरकारी खेती गर्ने किसानलाई अनुदान दिन १४ करोड छुट्याइएको छ । व्यवसायिक तरकारी खेतीमा पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ्ग, रोल्पा र रुकुममा किसानले अनुदान पाउने छन् । ७ हजार किसान लाभान्बित हुने भनिएको सो कार्यक्रम अन्तर्गत २ देखि ६ रोपनीमा तरकारी खेती गर्नेले मल र बिउ बापत प्रतिरोपनी ५ हजारका दरले अनुदान पाउनेछन् । रोल्पा, रुकुम, प्युठान र गुल्मीमा बेमौसमी आलु उत्पादन कार्यक्रम संचालन गर्न १ करोड २० लाख छुट्याइएको छ । २ देखि ६ रोपनीमा आलु खेती गर्ने किसानलाई प्रति रोपनी ६ हजारका दरले अनुदान दिइने छ । यसबाट ५ सय किसान लाभान्बित हुने बताइएको छ ।  

कोभिड-१९ कै कारण बेरोजगार भएर घर फकर्नेलाई कृषिमा लाग्न प्रोत्साहन गर्ने उद्देस्यले २१ करोड ८० लाख बजेट अनुदान दिन छुट्याइएको छ । बाहिरी मुलुकबाट फर्केर व्यवसायिक खेती गर्नेहरुले यो  अनुदान पाउनेछन् । यो कार्यक्रम प्रदेशका सबै पालिकाहरुमा लागू हुनेछ । बोइलर कुखुरा पालन तथा साना किसान लक्षित अनुदानका लागि ७ करोड, दुग्ध उत्पादन किसान लक्षित अनुदान २ करोड ८० लाख, बिउ उत्पादनका लागि ४ करोड अनुदानका लागि छुट्याइएको छ । कोभिड-१९ लक्षित भनिएका यी कार्यक्रमका लागि साउन मसान्त भित्रै ५१ करोड खर्च गरीसक्ने भनिएको छ ।

प्रदेशमा गत वर्ष पनि आर्थिक वर्षको अन्त्यमा कृषिमा ठूलो रकम अनुदानको रुपमा बाँडीएको थियो । जुन रकममा व्यापक अनियमितता भएको थियो ।  

प्रकाशित: २ जेष्ठ २०७७ ०३:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App