२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

केही पुलका काम जारी

काठमाडौँ - ‘लकडाउन’ कारण अधिकांश विकास निर्माण ठप्प हुँदा केही पुलका निर्माण जारी रहेका छन्।  पर्वत, चितवनलगायतका जिल्लामा अहिले पनि पुल निर्माण भइरहेको सडक विभागले जनाएको छ। पुल निर्माणको काम एकै ठाउँमा बसेर गर्न सकिने भएकाले यसले निरन्तरता पाएको विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिए।

ती स्थानमा कामदार पहिले बसिरहेको स्थानमा बसेर बाहिर आवतजावत नगरी निर्माण गरिरहेको हुन। निर्माण व्यवसायीले कामदार थप नगरी भइरहेको कामदार र निर्माण सामग्रीबाटै काम अघि बढीरहेको छ। उनले भने, सुरक्षितरुपमा नै काम भइरहेको जानकारी आइरहेको छ। देशभरमा रहेका सबै आयोजनाअन्तर्गतका सडक निर्माण भने अहिले ठप्प छ। ‘कोभिड–१९’ को जोखिम बढ्दै जाँदा विभागले नरोकेपनि निर्माण व्यवसायीले सडक, पुललगायतका निर्माण अघि बढाएका थिएनन्।

पुलमा एकै स्थानमा बसेर गर्न सकिने भएपनि सडक निर्माण अघि बढ्न नसक्ने महानिर्देशक शर्माले बताए। उनले भने, पुलमा पनि थप निर्माण सामग्री ल्याउन कठीन भएकाले व्यवसायीले पनि सामग्री उपलब्ध हुँदासम्म नै काम गर्ने हुन। गत वर्ष नेपाल सरकारले एक हजार किमीभन्दा बढी सडक कालोपत्र गरेपनि यस वर्ष ‘कोभिड–१९’को जोखिम हुन नदिन लकडाउन गरिएपछि  पूर्वाधार निर्माण ठप्प छ। सडक विभागले वर्षभरको सबैभन्दा बढी निर्माणको काम गर्ने समय अहिले नै भएको विभागले बताउँदै आएको छ। रासस

प्रकाशित: २३ चैत्र २०७६ ११:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App