२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

बेस्ट फाइनान्सको साधारण सभा

काठमाडौं – बेस्ट फाइनान्स कम्पनी लिमिटेडको २२औं वार्षिक साधारणसभा शुक्रबार भएको छ। सञ्चालक समितिका अध्यक्ष पदमराज न्यौपानेको सभापतित्वमा उक्त वार्षिक साधारणसभा भएको हो। सभाले आव २०७४÷०७५ को सञ्चालक समितिको प्रतिवेदन तथा वार्षिक वित्तीय विवरण पारित गरेको छ।

आव २०७५/०७६ का लागि लेखापरीक्षक नियुक्त गर्नुका साथै साबिक सिनर्जी फाइनान्सका सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरु कृष्णहरि श्रेष्ठ, सुरज क्षेत्री तथा बेबीजन तिमिल्सिनाको नियुक्तिलाई समेत अनुमोदन गरिएको छ। सो सभाले संस्थाको सञ्चालक समितिलाई उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने अख्तियारी प्रदान गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए।
 

प्रकाशित: १९ फाल्गुन २०७५ ०६:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App