२६ पुस २०८१ शुक्रबार
image/svg+xml
अर्थ

लक्ष्यको २७ दशमलव ५७ प्रतिशत राजश्व सङ्कलन

काठमाडौं - सरकारले कूल लक्ष्यको २७ दशमलव ५७ प्रतिशत राजश्व सङ्कलन गरेको छ। चालू आर्थिक वर्ष २०७५/७६ को हालसम्म रु दुई खर्ब ६० अर्ब ६८ करोड २६ लाख बराबरको राजश्व सङ्कलन गरिएको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार शनिबारसम्म सो परिमाणको राजश्व सङ्कलन भएको हो। सरकारले चालू आवमा रु नौ खर्ब ४५ अर्ब ५५ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको छ। भन्सार विन्दुमा गरेको सुधार तथा आन्तरिक राजश्व सङ्कलनमा गरेको कडाइका कारण राजश्व सङ्कलनमा वृद्धि भएको हो।

यस्तै विकास खर्च भने आशातीत रुपमा बढ्न सकेको छैन। सो कार्यालयका अनुसार हालसम्म विकास खर्च ७ दशमलव ७६ प्रतिशत मात्रै भएको छ। चाडबाडका कारण विकास खर्चमा उल्लेख्य वृद्धि हुन नसकेको बताइन्छ। भन्सार विभागका अनुसार वीरगञ्ज भन्सारले सबैभन्दा बढी राजश्व सङ्कलन गरेको छ। यस्तै बढी राजश्व सङ्कलन गर्नेमा क्रमशः भैरहवा भन्सार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, विराटनगर, वीरगञ्ज सुक्खा बन्दरगाह, नेपालगञ्ज, रसुवा, मेची, कृष्णनगर, कैलाली, जलेश्वर भन्सारलगायत छन्। हाल २० भन्सार नाका सञ्चालनमा छन्। रासस

प्रकाशित: १८ कार्तिक २०७५ १०:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App