२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

निजगढ विमानस्थल निर्माण गर्दा रुख नकाट्न विज्ञको सुझाव

काठमाडौं– नेपाल वातावरण पत्रकार समूह (नेफेज) को आयोजनामा प्रस्तावित निजगढ विमानस्थल निर्माण सम्भावना र चुनौतीहरू विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा प्रदेश नम्बर २ को बारामा निर्माण गर्न लागिएको दोस्रो अन्तर्राष्ट्रिय निजगढ विमानस्थल बनाउँदा साढे २४ लाख रुख काट्दा उत्पन्न हुने वातावरणीय एवं भौतिक क्षतिका विषयमा विज्ञहरूबाट सुझाव लिइएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा निर्माण गर्न लागिएको सो विमानस्थलको निर्माण प्रक्रिया अगाडि बढाउन सरकारले रुख काटने निर्णय गरेपछि त्यसको चौतर्फी आलोचना भइरहेका बेला आयोजित कार्यक्रममा विज्ञहरुले वन विनाश गर्दा वातावरणमा उत्पन्न हुने विभिन्न समस्याका बारेमा सचेत गराउँदै सुझाव दिएका थिए। 

विमानस्थलको कुल क्षेत्रफल ८ हजार हेक्टर भएपनि विमानस्थलका लागि २ हजार हेक्टर मात्रै प्रयोग गरिनेछ। साढे २४ लाख रुखको मूल्य ७ खर्ब हुने कार्यक्रममा जानकारी दिइयो। सरकारले सो आयोजनाको लागि चार किल्ला तोकेर आठ हजार हेक्टर जग्गा क्षेत्रफल निर्धारण गरेको छ। विमानस्थल निर्माणका क्रममा साढे २४ लाख रुख बिरुवा काटिदा हात्तीलगायत जङ्गली जनावरको जैैविक मार्ग बिग्रने भन्दै त्यसतर्फ सचेत बन्न सरकारलाई आग्रह गरिएको छ। 

विमानस्थलको संरचना बन्ने क्षेत्रफल भनेको दुई हजार ५५३ हेक्टर मात्रै हो। जहाजको उडान तथा अवतरणका लागि मात्रै उक्त क्षेत्रफलको जग्गा खाली गराइन्छ। 

कार्यक्रममा नेपाल वातावरण पत्रकार संघ अध्यक्षका अर्जुन ढकाल, उपभोक्ता हित संरक्षण मञ्चका ज्याति बानियाँ, सरकारका पूर्व सचिव कृष्ण ज्ञवाली, नागरिक उड्यन प्राधिकरणका निर्देशक प्रदीप अधिकारी, सामुदायिक वन उपभोक्ता महासंघका गणेश कार्की लगायतले आफ्ना भनाइ राखेका थिए।

प्रकाशित: २९ भाद्र २०७५ १३:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App