२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

माछापुच्छ्रे बैंकको आर्टिफिसियल इन्टेलिजेन्स सेवा

काठमाडौं – माछापुच्छ्रे बैंकले आर्टिफिसियल इन्टेलिजेन्स सेवा ‘माया’को सुरुवात गरेको छ। हाल ‘माया’को सेवा बैंकको वेबसाइट तथा फेसबुक मेसेन्जरमा उपलब्ध रहेको र ‘माया’मार्फत बैंकका सेवा सुविधालगायत बैंकिङ सम्बन्धी जिज्ञासाको जवाफ पाउन सकिने छ।

यो सेवा आर्टिफिसियल इन्टेलिजेन्समा आधारित भएकोले ग्राहकसँगको अन्तक्र्रियाबाट मायाले स्वयं पनि आफ्नो बौद्धिकता अभिवृद्धि गर्दै लैजाने बैंकले जनाएको छ।

फेसबुक मेसेन्जरमा सम्पर्क गरी ग्राहकले २४सै घन्टा सातै दिन आफ्नो खाताको ब्यालेन्स, खाताको विवरण, नजिकका शाखा, एटिएम, बैंकले प्रदान गरिरहेको बचत खाता, कर्जा, ब्याजदर, वित्तीय साक्षरता सम्बन्धी जानकारी पाउन सक्ने बताइएको छ।

प्रकाशित: २६ भाद्र २०७५ ०६:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App