काठमाडौं– नाडा नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)को अध्यक्षमा शम्भु दाहाल निर्वाचित भएका छन् । नाडाको सोमबार सम्पन्न निर्वाचनबाट दाहाल अध्यक्षमा निर्वाचित भएका हुन्।
राम कँडेलसँग उनको प्रतिस्पर्धा भएको थियो । दाहाल यसअघि नाडाका उपाध्यक्ष थिए । उनी सिप्रदी ट्रेडिङका निर्देशक हुन् । नाडाको कार्यसमितिमा सबै दाहाल पक्षका निर्वाचित भएका छन्।
सदस्यमा कृष्णप्रसाद दुलाल, करणकुमार चौधरी, अभिक ज्योति, सुनिल रिजाल, सुरेन्द्रकुमार उप्रेती (सुरेश), अनुपकुमार बराल, विक्रम सिंघानिया, प्रकाश कपुरी, सुरज भट्टराई, दीपक अग्रवाल, मिलनबाबु मल्ल, पंकज अग्रवाल, नन्दकिशोर शाही र निलमणि पाठक (राम) निर्वाचित भएका छन्।
नवनिर्वाचित अध्यक्ष दाहालले सामूहिक नेतृत्वमार्फत अटोमोबाइल क्षेत्रको विकास र विस्तारमा प्रतिबद्ध रहने बताएका छन् ।
प्रकाशित: २७ चैत्र २०७४ ०१:२६ मंगलबार