टक्सार महाशाखा मुद्रा व्यवस्थापन विभागमा सुनको असर्फी किन्न सर्वसाधारणको भीड लागेको छ।
राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखा मुद्रा व्यवस्थापन विभागमा धनतेरसमा सुनको असर्फी लिन भीड लागेको हो।आज धनतेरसको दिन धातु,सुनका गरगहना,भाँडाकुँडा किन्ने प्रचलन समेत रहेको छ।
त्यस्तै तिहारको लक्ष्मी पूजाको दिन पूजामा सुन चाँदीका सिक्का चढाउने चलन छ। त्यसैले टक्सार विभागमा सुनको असर्फी किन्ने मानिसहरूको भीड पनि बिहानदेखि लागेको छ। असर्फी किन्नको लागि बिहान ६ बजेदेखि लाइन लागेको थियो । राष्ट्र बैंकले २.५ ग्राम तौलको सुनको सिक्का विक्री गरिरहेको छ। असर्फी मंगलबार दिउँसो ४ बजेसम्म लिन पाइने ।
राष्ट्र बैंकका अनुसार एक व्यक्तिले एउटा मात्रै सुनको असर्फी पाउने जनाएको छ।त्यस्तै राष्ट्र बैंकले चाँदीको सिक्का पनि आइतबारदेखि विक्री खुला गरेको थियो।टक्सार महाशाखाले १० र २५ ग्रामको लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित चाँदीको सिक्का विक्री गरिरहेको छ।
प्रकाशित: १३ कार्तिक २०८१ १३:४३ मंगलबार