२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सुनको मूल्य लगातार तीन दिनदेखि स्थिर

स्थानीय बजारमा बिहीबार पनि सुनको मूल्यमा कुनै घटबढ भएको छैन। अघिल्लो दिन कुनै परिवर्तन नभएको सुनको मूल्य बिहीबार पनि स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ। यससँगै सुनको मूल्य लागातार ३ दिन स्थिर रहेको छ।  

अघिल्लो दिन पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम थियो।    यस्तै, बिहीबार चाँदीको मूल्य भने बढेको छ। 

चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७६५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित: २० भाद्र २०८१ १०:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App