२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेर उच्च विन्दुमा पुगेको छ। अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार १ सय रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।

यसअघि गत भदौ ५ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो। त्यसदिन छापावाला सुनको मूल्य ८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो।    अघिल्लो दिन भने छापावाला सुनको मूल्य १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८५५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित: १२ भाद्र २०८१ १०:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App