४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सरकारले पुँजी बजारमाथि कडा निगरानी राख्नुपर्छ: सांसद डा प्रकाश शरण महत

सत्तारुढ नेपाली काँग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा प्रकाश शरण महतले पुँजी बजारमाथि निगरानी बढाउन सरकारलाई आग्रह गरेका छन् ।

पुँजी बजार अस्वाभाविक रुपमा उकालो लागि रहेका बेला उनले सरकार र नेपाल राष्ट्र बैङ्कलाई त्यसमाथि निगरानी बढाउन आग्रह गरेका हुन । शुक्रवार सङ्घीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा अर्थमन्त्री विष्णु पौडेलसँगको छलफलमा प्रवक्ता महतले विना आधार कृत्रिम तरिकाले पुँजी बजार दोब्बरले वृद्धि भएको उल्लेख गर्दै त्यसमा सर्वसाधारणको लगानी फस्न नदिन पनि कडा निगरानी राख्न सरकारसँग आग्रह गरे । 

कम्पनीको स्ट्रेन्थ नै नभएको बेला पनि टाठा बाठाले नक्कली आधार खडा गरेर पुँजी बजार बढेको अवस्थामा रहेकाले थप लगानी गरेर सर्वसाधारण फस्ने अवस्था रहेको दाबी पनि गरे । उनले बिना आधार पुँजी बजारमा लगानी नबढाउन सर्वसाधारणलाई पनि अपिल गरे। प्रवक्ता महतले नयाँ सरकार र मौद्रिक नीतिका कारण पुँजी बजारमा केही उत्साह आउनु स्वाभाविक भए पनि त्यसले दोब्बरले वृद्धि हुनु सन्तोषजनक नभएको धारणा राखे। 

उनले भने ,‘अहिले शेयर मार्केट निरन्तर माथि उठेर २७ सय पुगेको अवस्था छ । तर मलाई के लाग्छ भने यसमा हामी कसेस हुन जरुरी छ । यो हाम्रो जति पनि लिष्टेड कम्पनीहरू छन् । त्यो कम्पनीको स्ट्रन्थ अनुसार त्यसको बढेको छ रु भन्दा त्यो अनुसार बढेको छैन । यसको मतलब के हुन्छ रु यसको मतलब के हुन्छ भने पछिल्लो समयमा जसले त्यो बढेको बढ्यै गर्छ लगानी गर्ने आम लगानीकर्ताको पुँजी फस्ने खतरा बढेर जान्छ । त्यो स्वाभाविक रुपमा मनिटरी पोलिसीले र आत्मविश्वास यो सरकारको स्थायित्वको कारणले उत्साह थपेको हदसम्म त्यसमा सकारात्मक रुपमा त्यो बढ्नु उपयुक्त हो । तर त्यो कम्पनीको स्ट्रेन्थ नै छैन । तर अस्वाभाविक रुपमा त्यसको बढी राखेको छ । त्यसमा धेरै केही चलखेल गर्न सक्ने त्यसको इन्साईडेट टेडिङ पनि भन्छ । त्यहाँ भित्रकै सूचनाहरू लिएर, त्यसमा त हामीले छानबिन पनि सुरु गरेका छौँ । म अर्थमन्त्रीजीलाई यस बारेमा पनि ध्यानाकर्षण गराउन चाहन्छु । त्यस हिसावले आर्टिफिसियल (नक्कली)तरिकाबाट कम्पनीको स्ट्रेन्थ खासै केही पनि छैन । अत्यन्त कमजोर छ । तर त्यसको सेयर बढेर डबल भन्दा पनि बढी भई राखेको छ । त्यो भनेको के हो भने त्यो लगानीकर्ता पछिल्लो समय यो बढेको बढ्यै हुन्छ भन्ने थाहा पनि छैन कम्पनीको स्ट्रेन्थ पनि । बढेको छ भने पछि यसमा अझ लगानी गरौँ । अझ बढला, फाइदा होला भन्नेहरू छन् । अनि जसले रणनीतिक रुपमा त्यहाँ लगानी गरेको छ । उसले ऐन मौकामा वीथ ड्र गर्छ । अनि जुन साधारण लगानीकर्ताहरू छन् । उनीहरु फस्छन् । त्यसो हुनाले अहिले बुलस्ट्रन्थमा जुन शेयर मार्केट बढिराखेको छ । त्यसप्रति म गम्भीर भएर हेर्न म लगानीकर्ताहरूलाई पनि अनुरोध गर्न चाहन्छु  । कुन कम्पनीको स्ट्रेन्थ के हो रु त्यसमा थप लगानी गर्ने औचित्य छ, त्यो सष्टेन गर्छ, दिगो हुन्छ वा हुँदैन रु त्यसको आधारमा लगानी गरिएन भने जुन पहिलो समयमा धेरैले ठुलो लगानी गरेर पछिल्लो समय टाठा बाठाले त पहिला नै जुन बेला यहाँ भन्दा जाँदैन भन्ने स्वायटट काम गरिहाले । अरूहरू चाहीँ फसे । त्यस्तो अवस्था नआओस् । त्यस कारण यस प्रति अर्थ मन्त्रालयको, राष्ट्र बैंकको पनि गम्भीर निगरानी हुनुपर्छ । र त्यहाँ चाहीँ इन्साईडेट ट्रेडिङ, अरु खाले म्यानुपुलेशन हुने अवस्था पूरै रोक्नुपर्छ भन्ने मलाई लाग्छ । किनकि कुनै पनि कम्पनीको स्ट्रन्थ विना, आधार बिना त्यो बढ्ने भनेको क्र्यास गर्ने कुरा हो । र लगानीकर्ताहरूको लगानी जोखिममा पर्ने कुरा हो । जसको स्ट्रेन्थ छ, त्यस अनुसार लगानी बढ्दै गयो भने त्यसले थप एक्स्पान्सन गर्छ । अनि त्यसले परिणाम दिन्छ । तर त्यसको एक्सपान्सन गर्ने कुनै आधार छैन । त्यसको स्ट्रेन्थ छैन । त्यो विना बढिराखेको छ भने त्यसप्रति हामी सचेत हुनुपर्छ । र यसको नियमनकारी निकायहरू चाहीँ अत्यन्तै कियरफुल हुनुपर्छ भन्ने मलाई लाग्छ ।’


प्रवक्ता महतले पुँजी बजारमा भएको अस्वाभाविक वृद्धिप्रति सचेत रहन नियामक निकायको ध्यानाकर्षण गराए ।

प्रकाशित: १८ श्रावण २०८१ १७:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App