३ कार्तिक २०८१ शनिबार
image/svg+xml
अर्थ

तीन सयले घट्यो सुन

बिहीबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको हो। बुधबार तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

जसमा छापावाल सुनको मूल्य आज ३०० रुपैयाँ घटेर १ लाख ४९ हजार ५०० रुपैयाँ कारोबार भइरहेको छ। बुधवार कायम भएको मूल्य हालसम्मकै उच्च मूल्य हो। जसमा तेजाबी सुन तोलामा १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै,बुधवार तोलामा १ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित: ३ श्रावण २०८१ १०:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App