डुअल चिप्स सहितको युवा पुस्ता लक्षित पहिलो फ्ल्यागसिप ईस्पोर्ट्स स्तरको मोबाइल फोन इन्फिनिक्स जीटी-२० प्रो नेपालमा चाँडै भित्रिने भएको छ । विश्व बजारमा यसअघि नै सार्वजनिक भइसकेको पब्जी मोबाइल सुपर लिग (पीएमएसएल) का लागि आधिकारिक गेमिङ फोनको रूपमा इन्फिनिक्स जीटी-२० प्रो रहेको कम्पनीको भनाइ छ । लाइभ प्रतियोगिता २२ मेदेखि १५ जुनसम्म काठमाडौंमा हुँदैछ ।
इन्फिनिक्सले मोबाइल गेमरहरूलाई अतुलनीय गेमिङ अनुभवका लागि आवश्यक उपकरणहरू प्रदान गर्ने कम्पनीले जनाएको छ । पीएमएसएल, ईएमईए र सीएसएको हालको सिजनले विश्वव्यापी गेमरहरूको ध्यान खिचेको इन्फिनिक्सको उत्पादन प्रमुख वेकी नाइको भनाइ छ । इन्फिनिक्स जीटी-२० प्रो को असाधारण प्रदर्शनले खेलाडीहरूलाई नयाँ उचाइमा पुर्याएको उनले बताए ।
इन्फिनिक्स जीटी-२० प्रो १२० एफपीएसमा पब्जी मोबाइललाई समर्थन गर्ने विश्वभरका स्मार्टफोनहरू मध्ये एक भएको भन्दै उनले भने, ‘जसबाट गेमरहरूलाई असाधारण र इमर्सिभ मोबाइल गेमिङ अनुभव प्रदान गर्दछ ।’
इन्फिनिक्स जीटी-२० प्रो पब्जी मोबाइल संस्करणलाई पीएमएसएल, ईएमईए र सीएसएका लागि आधिकारिक गेमिङ फोनको रूपमा लिइएको छ । यो आधिकारिक मान्यता प्राप्त गर्नुअघि इन्फिनिक्सले इन्फिनिक्स जीटी २० प्रोमा तीन चरणमा परीक्षणहरू सञ्चालन गरिएको थियो ।
इन्फिनिक्स जीटी-२० प्रोले प्रतिद्वन्द्वी फ्ल्यागसिप स्न्यापड्रागन प्रोसेसरहरू, ईस्पोर्ट्स स्तर प्रदर्शन र दृश्यात्मकरूपमा आश्चर्यजनक अनुभवहरू प्रदान गर्ने डुअल चिपहरू प्रदान गरेर आफ्नो मूल्य दायरामा आफूलाई अलग राख्छ।
कम्पनीका अनुसार व्यावसायिक गेमिङका लागि डिजाइन गरिएको इन्फिनिक्स जीटी-२० प्रोले बेजेल लेस १४४ हर्ज एफएचडी प्लस अमोल्ड डिस्प्ले र जीबीएलद्वारा ध्वनि सहितको डुअल स्पिकरहरू प्रदान गर्दछ, जसले गेमरहरूलाई इमर्सिभ अडियो भिजुअल अनुभव प्रदान गर्दछ ।
क्लिन एन्ड पियोर ओएस २.० सँग फोनले अनावश्यक सफ्टवेयरबाट मुक्त गरी गेमिङ वातावरण प्रदान गर्दछ । हाइपर चार्ज मोड, ५००० एमएएच ब्याट्री र ४५ वाट फास्ट चार्जिङ यो फोनको अर्को महत्त्वपूर्ण विशेषता हो ।
कम्पनीका अनुसार इन्फिनिक्स जीटी १० प्रोबाट सुरु भएको र इन्फिनिक्स जीटी-२० प्रो मार्फत विकसित हुँदै दैनिक जीवनमा गेमिङको शक्तिलाई एकीकृत गर्ने दृष्टिकोणबाट ईस्पोर्टमा इन्फिनिक्सले ध्यान केन्द्रित गरेको छ ।
१२ं२५६ जीबी र ८ं२५६ जीबी मेमोरी रहने इन्फिनिक्स जीटी-२० प्रो मेका ब्लु, मेचा ओरेन्ज र मेचा सिल्भर जस्ता आकर्षक रंगहरूमा उपलब्ध छन् ।
प्रकाशित: ३२ जेष्ठ २०८१ १५:३६ शुक्रबार