८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेप्स प्राप्तिपछि एनसीएचएलको एकीकृत कारोबार सुरु

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स)लाई प्राप्ति गरेसँगै नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले एकीकृत कारोबार सुरु गरेको छ । नेपालमा दुई भुक्तानी प्रणाली सञ्चालक बीच गाभ्ने गाभिने वा प्राप्ति भएको यो पहिलो  हो ।

गत १३ वैशाखमा दुवै संस्थाले आ–आफ्नो विशेष साधारणसभाबाट गाभ्ने गाभिने सम्बन्धी प्रस्ताव स्वीकृत गरेका थिए । नेपाल राष्ट्र बैंक र कम्पनी रजिस्टारको कार्यालयबाट समेत अन्तिम स्वीकृति लिएपश्चात एकीकृत कारोबार सुरु भएको हो ।

भुक्तानी तथा फर्छ्योट विनियममा रहेको प्रावधान अनुसार डीडीए अडिटरले मूल्यांकन लगायत  प्रक्रिया पूरा गरेको हो । नेप्सको १ बराबर एनसीएचएलको ०.२८ स्वाप अनुपातमा प्राप्ति कार्य सम्पन्न भएको एनसीएचएलले जनाएको छ ।

नेप्सले विगत ११ वर्षदेखि कार्डमा आधारित सेवा प्रदान गर्दै आएको छ भने एनसीएचएलले विगत १५ वर्षदेखि कार्ड बाहेकका विभिन्न राष्ट्रिय स्तरका विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्ल्याटफर्म सञ्चालन गर्दै आएको छ ।

प्राप्ति प्रक्रियाको माध्यमबाट दुवै संस्थाका प्रणाली, पूर्वाधार र कारोबारलाई एकीकृत गरी नेसनल पेमेन्ट स्वीचको कार्यान्वयन तथा अन्तरआबद्धतालाई थप टेवा पुग्ने विश्वास गरिएको छ ।

प्राप्तिपछि नेप्सले कार्डको पूर्वाधार अन्तर्गत दिने गरेको सेवालाई ईएफटी कार्ड सर्भिसको रुपमा निरन्तरता दिने छ । पूर्वाधारलाई थप सुदृढ गरी नेपाल पे कार्डको डोमेस्टिक स्किमको सेवा प्रदान गर्ने गरी व्यवस्था मिलाइने कम्पनीले जनाएको छ ।

प्राप्तिपछि एकीकृत चुक्ता पूँजी १ अर्ब ७ करोड तथा कुल कोष १ अर्ब ४४ करोड कायम भएको छ । यसले पूर्वाधार विस्तार गर्न, जोखिम न्यूनीकरण गर्न तथा सुरक्षा नियन्त्रणका प्रणालीलाई सुदृढ गर्न, नवीनतम अनुसन्धनका कार्यमा लगानी गर्न तथा सेवाको गुणस्तर वृद्धि गर्न सहयोग पुग्ने विश्वास कम्पनीको छ ।

प्रकाशित: २२ जेष्ठ २०८१ १८:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App