४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ज्योति विकास बैंकद्वारा राहत सामग्री प्रदान

ज्योति विकास बैंकले अग्नि पीडित परिवारलाई राहत सामग्री प्रदान गरेको छ। बैंकले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा ६ जरलहवा गाछी बस्तीका अग्निपीडित १२० परिवारहरूको राहत तथा सहयोगार्थ डसना, ओछ्यान र झुल प्रदान गरेको हो।

वैशाख १२ गते बुधबार आगोले क्षति पुर्‍याएका गाउँ जरलहवा, गाछी बस्तीका पीडितहरूको राहतको लागि बैंकले सहयोग गरेको हो।

बैंकका तर्फबाट जनकपुर शाखाका शाखा प्रबन्धक सुरज श्रीवास्तवले मटिहानी नगरपालिका ६ का वडाध्यक्ष कलिम अन्सारीको उपस्थितिमा राहत सामग्रीहरू अग्नि पीडित परिवारलाई हस्तान्तरण गरेका हुन्।

प्रकाशित: १८ वैशाख २०८१ ०८:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App