३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

तनहुँमा पाडी-बाछी हुर्काउन अनुदान

फाइल तस्बिर

गण्डकी प्रदेश सरकारले यस वर्ष तनहुँमा पाडी र बाछी हुर्काउन प्रोत्साहन कार्यक्रम ल्याएको छ।

कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत जातका सात सयवटा पाडी-बाछी हुर्काउन १० हजार रुपैयाँका दरले अनुदान दिन लागेको हो। विगत तीन वर्षदेखि पाडी र बाछी हुर्काउन प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको छ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा. राजेशकुमार चौधरीले पहिलो वर्ष एक सय, दोस्रो वर्ष दुई सय र तेस्रो वर्ष सात सयवटा पाडी-बाछीका लागि बजेट विनियोजन गरेको जानकारी दिए।

पाडी-बाछीका लागि ७० लाख बजेट विनियोजन भएको छ। उनले भने, ‘तीन सय किसानले ६ सय २८ पाडी-बाछीका लागि आवेदन दिइसकेका छन्।’  

आवेदनका आधारमा किसानका गोठमा पुगेर स्थलगत अनुगमन गरी अनुदान दिइने छ। एकजना पशुपालक किसानले बढीमा पाँच वटासम्म पाडी÷बाछीका लागि अनुदान पाउने केन्द्रले जनाएको छ।

बाह्य जिल्लाबाट ल्याइएका पशुका तुलनामा जिल्लाभित्रै हुर्किएका पाडी-बाछीमा कम रोग लाग्ने भएकाले पशु आयात न्यूनीकरण गर्न अनुदान दिइएको केन्द्रका प्रमुख चौधरीले बताए।

अनुदान पाउनका लागि पाडी-बाछीको उमेर एक वर्ष पूरा भएको हुनुपर्ने मापदण्ड राखिएको छ। –रासस

प्रकाशित: २ वैशाख २०८१ १२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App