३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सुनको मूल्य तोलामै एक लाख ३६ हजार तीन सय पुग्यो

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ। हिजोको तुलनामा १ सय रुपैयाँ बढेर मूल्य १ लाख ३६ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

हिजो तोलामा १ लाख ३६ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। विगत तीन सातामै सुनको मूल्य प्रतितोला ११ हजार ३ सय रुपैयाँ बढेको छ। चैत ४ गते प्रतितोला १ लाख २५ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो।

यस्तै,चाँदीको मूल्य भने स्थिर रहेको छ। हिजो प्रतितोला १६८५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कायम भएको छ।

प्रकाशित: २७ चैत्र २०८० ११:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App