४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कावेली-३ को एचआरटी टनेल पनि बन्यो

ताप्लेजुङको सिरिजंगा गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाका सुरुङमार्गहरूमा एकपछि अर्को  ‘छिचोलिन’ थालेको छ। २१.९३ मेगावाट क्षमताको कावेली–३ जलविद्युत् आयोजनाको एचआरटी टनेलको ‘ब्रेक थ्रु’ भएको हो।

आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुंगानाका अनुसार झन्डै एक हजार ८७५ मिटर लामो सुरुङमार्ग गत जेठ ११ गतेबाट निर्माण कार्य सुरु गरी चैत १८ गते साँझ ‘ब्रेक थ्रु’ भएको छ। यससँगै ७० प्रतिशत निर्माण कार्य पूरा भएको आयोजनाले जनाएको छ।

कावेली हाइड्रोपावर कम्पनी लिमिटेड प्रवद्र्धक रहेको कावेली–३ जलविद्युत् आयोजना सिरिजंगा गाउँपालिका ५, पेदाङ ६ मामाङ्खे र वडा नं ७ खेवाङ भई बग्ने कावेली खोलाको पानी प्रयोग गरी बनाइँदै गरेका जलविद्युत् परियोजना हो। केही दिनअघि मात्र १२ मेगावाट क्षमताको सुपर कावेली खोला ए क्यासकेट जलविद्युत् परियोजनाकाको एचआरटी टनेलको ‘ब्रेक थ्रु’ भएको थियो।

प्रकाशित: २२ चैत्र २०८० १०:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App