३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय ‘एडुरोम’ सेवा सुरु

मकवानपुरको चित्लाङमा रहेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय ‘एडुरोम’ सेवा सुरु भएको छ। एडुरोम अनुसन्धान र शैक्षिक संघसंस्थामा संलग्न व्यक्तिलाई विश्वका अन्य संघ संस्थामा पुग्दा सहजै नेटवर्क उपलब्ध गराउने विश्वव्यापी सेवा हो। यो सेवा नेपाल रिसर्च एन्ड एजुकेसन नेटवर्क (एनआरइएन) को प्राविधिक सहयोगमा सुरु गरिएको हो।

यससँगै एडुरोममा जोडिएका संघसंस्थाका प्रतिनिधिहरू विश्वविद्यालय पुग्दा सुरक्षित इन्टरनेटमा सजिलै पहुँच पाउन सक्नेछन्। हाल ११० भन्दा बढी देशको संघसंस्थामा एडुरोम सेवा सञ्चालनमा आइसकेको छ।

प्रकाशित: ८ माघ २०८० ०१:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App