२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सीएनआई सर्वेक्षण भन्छ: ‘बजार अझै सुध्रिएको छैन’

नेपाल उद्योग परिसंघले उद्योग व्यवसाय स्तरमा गरेको एक  सर्वेक्षण अध्ययनले अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अर्थतन्त्रमा सुधारको सङ्केत देखिएको देखाएको छ। ‘अघिल्लो आवको तुलनामा समग्र बजार माग खस्किएको देखिएको छ। कच्चा पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको छ। उद्योगको कच्चा पदार्थको आयातमा समेत गिरावट आएको देखिन्छ।’ सर्वेक्षण प्रतिवेदनमा भनिएको छ। नेपाल सरकार तथा नियामयकी निकायले पछिल्ला केही महिनायता अर्थतन्त्रमा सुधार आएको तर्क गर्दै आएका छन्।

अर्थतन्त्रको वाह्य क्षेत्रको तथ्याङ्कलाई यसको आधार बनाइएको छ। सरकारको यस्तो तथ्याङ्क र जिकिरलाई जनस्तर, निजी क्षेत्र एवं सञ्चार माध्यमहरूले गरिरहेको अनुभव तथा तथ्य÷विश्लेषणहरूसँग मेल नखाइरहेको अवस्थामा अर्थतन्त्रको वास्तविकता आकलन गर्न नेपाल उद्योग परिसंघ ९सीएनआई० ले उद्योग व्यवसाय स्तरमा एक सर्वेक्षण गरेको छ।

परिसंघको यस सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अर्थतन्त्रमा सुधार आएको देखिँदैन। समग्र बजार माग खस्किएको देखिएको छ। कच्चा पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको छ। उद्योगको कच्चा पदार्थको आयातमा समेत गिरावट आएको देखिन्छ।

परिसंघले आर्थिक वर्ष २०७९/८० मा मुलुकको अर्थतन्त्रको वास्तविक अवस्थाको पहिचान गर्न अघिल्लो आर्थिक वर्षमा समेत एक सर्वेक्षण गरेको थियो। सोही सर्वेक्षणको दोस्रो संस्करणका रुपमा परिसंघले यस वर्ष पनि अघिल्लो र चालु आर्थिक वर्षको पहिलो त्रैमासको तुलनात्मक अध्ययन सर्वेक्षण गरेको हो।

ताजा सर्वेक्षणमा विगत तीन आर्थिक वर्षको पहिलो त्रैमासको तुलनात्मक अध्ययन गरिएको छ। सर्वेक्षणअनुसार औद्योगिक उत्पादनको समग्र बजार मागमा अघिल्लो वर्ष २८.२८ प्रतिशतले ह्रास आएको थियो। यो चालु आर्थिक वर्षको सोही अवधिमा थप १२.०६ ५ ले घटेको देखिएको छ। आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा २०८०/८१ मा उद्योगहरूको समग्र मागमा कूल ३६.९३ ५ ले संकुचन आएको छ। यसै गरी उद्योगहरूको कारोबार रकम अघिल्लो वर्ष २४.९४५ ले घटेकोमा चालु आर्थिक वर्षको समान अवधिमा थप ७.४६ ५ ले घटेको देखिन्छ। आर्थिक वर्ष २०७८/७९  को तुलनामा यो कूल ३०.५४ ५ ले खुम्चिएको छ।

अर्थतन्त्रको प्रतिकूल अवस्थाका कारण गत वर्ष नै उद्योगी९व्यवसायीको मनोबल कमजोर बनेको देखिएको थियो, जुन चालु वर्ष समेत यथावत रहेको देखिएको छ। सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षमा ६९.४४५ उद्योगी/व्यवसायीले आफ्नो लगानीका योजनाहरू स्थगित गरेको जनाएका थिए भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५.३२५ उद्योगी व्यवसायीहरूले आफ्ना  लगानीका योजनाहरू स्थगित गरेको जनाएका छन्। यसबाट सरकारले दाबी गरे अनुसार अर्थतन्त्रको अवस्थामा सुधार नआएको हाम्रो बुझाइ रहेको छ।

क्षेत्रगत रुपमा सिमेन्ट उत्पादकहरूले सर्वेक्षणमा जनाए अनुसार उद्योगको समग्र मागमा अघिल्लो वर्षको तुलनामा थप ७.३६५ ले संकुचा आएको छ। अघिल्लो वर्षको सोही समयमा यो ४०.१७५ ले घटेको थियो। आर्थिक वर्ष २०७८/७९ सँगको तुलनामा हाल सिमेन्टको समग्र मागमा कूल ४४.५७ ५ ले गिरावट आएको देखिन्छ। यसै गरी यस्ता उद्योगको कारोबार रकममा अघिल्लो वर्ष ३९५ ले संकुचन आएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा थप ९.५४५ ले गिरावट आएको देखिन्छ। आर्थिक वर्ष २०७८÷७९ को तुलनामा २०८०/८१ मा कारोबार रकममा कूल ४४.८२५ ले संकुचन आएको देखिएको छ। परिसंघको सर्वेक्षण अनुसार अघिल्लो आर्थिक वर्षमा ८३.३३५ सिमेन्ट उत्पादकहरूले आफ्नो लगानीको योजना स्थगित गरेको जनाएका थिए भने चालु आर्थिक वर्षको पहिलो त्रैमशमा ६२.५०५ ले आफ्नो लगानी योजना स्थगित गरेको जनाएका छन्।

निर्माण व्यवसाय क्षेत्रका उद्योगी व्यवसायीले सर्वेक्षणमा दिएको प्रतिक्रिया अनुसार यस क्षेत्रको समग्र माग अघिल्लो वर्षको तुलनामा थप १६.२०५ ले घटेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो ४३.४३५ ले घटेको थियो। आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा यस क्षेत्रको समग्र मागमा कुल ५२/५९५ ले संकुचन आएको पाइएको छ। यसै गरी यस क्षेत्रका उद्योगहरूको कारोबार रकम अघिल्लो वर्ष ४३/७१५ ले घटेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा थप २०.८० ५ ले घटेको देखिन्छ। आर्थिक वर्ष २०७८/७९ सँगको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको समग्र कारोबार रकममा कूल ५५.४२५ ले संकुचन आएको देखिएको छ। यस्तै यस क्षेत्रका उद्योगहरूमा ३३.३३५ ले लगानी स्थगित गरेको जनाएका छन् भने गत वर्ष ५३.८५५ उद्योगी व्यवसायीले आफ्नो लगानी विस्तारको योजना स्थगन गरेका थिए।

अघिल्लो वर्षको पहिलो त्रैमासमा एफएमसिजी क्षेत्रको माग २.५०५ ले बढेको थियो तर यस वर्ष १७.७०५ ले गिरावट आएको देखिएको छ। यसरी अघिल्लो वर्ष सकारात्मक रहेको क्षेत्र समेत यस वर्ष नकारात्मक देखिएको छ। आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा यस क्षेत्रको समग्र मागमा कूल १५.६४५ ले संकुचन आएको देखिएको छ। यसै गरी यस क्षेत्रको कारोबार रकममा अघिल्लो वर्ष १२.२५ ५ ले बढेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १८.५०५ ले घटेको देखिन्छ। आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा समग्र कारोबार रकममा ८.५२५ ले संकुचन आएको छ। सर्वेक्षण अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ४१.६७५ यस क्षेत्रका उद्योगी तथा व्यवसायीले आफ्नो लगानीको योजना स्थगित गरेको जनाएका थिए भने चालु आर्थिक वर्षको पहिलो त्रैमशमा यस क्षेत्रमा ५०५ व्यवसायीहरूले आफ्ना लगानी योजना स्थगित गरेको जनाएका छन्।

प्रकाशित: १६ पुस २०८० ११:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App