४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

वेस्टमिन्स्टर कलेजमा युकेको दुई नयाँ पाठ्यक्रम

ललितपुरको कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले युकेको दुई शैक्षिक पाठ्यक्रमहरू सञ्चालनमा ल्याएको छ। ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर कलेजले युनिभर्सिटी अफ वेस्टमिन्स्टर युकेका दुई नयाँ पाठ्यक्रम बीएससी कम्प्युटर साइन्स र साइबर सेक्युरिटी एन्ड फोरेन्सिक्स विषय सञ्चालन गरेको हो।

सूचना प्रविधिको क्षेत्रमा आवश्यक जनशक्ति तयार गर्न वेस्टमिन्स्टरले सर्वसुलभ शुल्कमा उल्लिखित पाठ्यक्रमहरू सञ्चालन गरेको जनाएको छ। प्रविधिको क्षेत्रमा नवीनता र आविष्कार गर्नको लागि सक्षम जनशक्तिको निर्माण गरेर मुलुकको आर्थिक उन्नतिमा महत्वपूर्ण योगदान पुर्‍याउने लक्ष्य स्वरूप पाठ्यक्रमहरू सञ्चालन गरिएको कलेजले बताएको छ। कलेजका प्रमुख अरूणलाल जोशीले यी पाठ्यक्रमहरूले सकारात्मक प्रभाव पार्ने तथा डिजिटल नेपालको भविष्यलाईसमेत आकार दिइरहेका बताए ।

प्रकाशित: १७ मंसिर २०८० ०१:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App