४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एभरेष्ट बैंकको वित्तीय चेतनामूलक भिडियो

एभरेष्ट बैंकले ‘डिजिटल लिट्रेसी’ अन्तर्गत वित्तीय चेतनामूलक पाँच विभिन्न भिडियो निर्माण गरेको छ। जनमानसमा डिजिटल बैंकिङप्रति जागरुक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भएका उक्त भिडियोहरूको पाँच शृंखला रहेको र क्रमवद्ध रूपमा जारी गरिने बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीले जानकारी दिएका छन्।

भिडियोहरूमा मोबाइल बैंकिङको प्रयोग, धारा–बत्ती तथा स्कूलको बिल भुक्तानी गर्ने तरिका, डिजिटल ठगीबाट बच्ने उपाय, सरकारी राजस्व भुक्तानी तरिका र क्यु आर कोडको प्रयोग सम्बन्धी विधि रहेको र भिडियोहरूबाट सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरूमा वित्तीय चेतना अभिवृद्धि हुने विश्वास बैंकको छ।

साथै, बैंकले नेसनल बैंकिङ इन्स्टिच्युटसँगको सहकार्यमा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमको सुरु भएको जनाएको छ।

प्रकाशित: १३ मंसिर २०८० ०३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App