४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

टोखामा एभरेष्ट बैंकको नयाँ शाखा

एभरेष्ट बैंकले टोखा नगरपालिका ६ मा आफ्नो १२८ औं शाखा उद्घाटन गरेको छ। बैंकले देशका विभिन्न गाउँ तथा शहरहरूमा रहेका ग्राहकलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा र सुबिधा उपलब्ध गराउने उद्देश्यले नयाँ शाखाको उद्घाटन गरेको हो।

शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य र टोखा नगरपालिकाका उप–मेयर मुरारी तामाङले संयुक्त रूपमा गरेका छन्।

उद्घाटन समारोहमा बैंकका सञ्चालक समिति अध्यक्ष वैद्यले बैंकहरू विश्वासको सहयात्री भएको हुँदा टोखा र सो आसपासका बासिन्दालाई सरल एवम् अत्याधुनिक बैंकिङ सेवा प्रदान गराउन क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: ११ मंसिर २०८० ०१:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App