४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बैंकहरूद्वारा भूकम्प पीडितलाई सहयोग

ज्योति विकास बैंकले जिल्ला प्रशासन कार्यालय जाजरकोटसँग​को समन्वयमा भूकम्प पीडितहरूलाई आर्थिक सहयोग गरेको छ। बैंकले जाजरकोट जिल्ला प्रशासन कार्यालयको भूकम्प प्रभावित राहत कोषमा पाँच लाख रूपैयाँ आर्थिक सहयोग गरेको हो।

बैंकका तर्फबाट जाजरकोट शाखाका शाखा प्रबन्धक वीरेन्द्रबहादुर ऐडीले जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार र सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई उक्त रकम हस्तान्तरण गरेको छ।

यसै क्रममा महालक्ष्मी विकास बैंकले पनि भूकम्प पीडितका लागि भनेर १० लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ। बैंकले उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप राहतउद्धार कोषमा उक्त रकम प्रदान गरेको हो।

बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले अर्थ मन्त्री प्रकाश शरणमहतलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका छन्।

यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भूकम्प पीडितका लागि ५० लाख सहयोग गर्ने निर्णय गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले जाजरकोटमा भूकम्पबाट प्रभावितहरूको राहतका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको हो। बैंकले सो रकम प्रधानमन्त्री दैवी प्रकोप राहत उद्घार कोषमा जम्मा गर्ने बताएको छ।

यस्तै एभरेष्ट बैंकले पनि भूकम्पबाट प्रभावितका लागि आर्थिक सहयोग गरेको छ। बैंकले भूकम्पबाट प्रभावितहरूको लागि उद्धार तथा राहतवितरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवीप्रकोप राहत उद्धार कोषमा २५ लाख रूपैयाँ जम्मा गरेको हो।

प्रकाशित: २३ कार्तिक २०८० ०३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App