४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एभरेष्ट बैंकको वित्तीय अगुवाइमा टायल्स तथा सेरामिक्स उत्पादन

एभरेष्ट बैंकको अगुवाईमा कजरिया रमेश टायल्समा लगानी गर्ने सम्बन्धमा सह वित्तीयकरण अन्तर्गत सहभागी बैंकहरूबीच वित्तीय सहजीकरण गर्ने कार्य सम्पन्न भएको छ।

अगुवा बैंकको तर्फबाट एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा रमेश क्रपका तर्फबाट कम्पनीका उपाध्यक्ष रोहित गुप्ताले एक समारोहका बीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार नेपाललाई टायल्स उत्पादनमा आत्मनिर्भर बनाउन नवलपरासीमा रहेको प्लान्टबाट उत्पादन हुने टायल्सको कुल लागत चार सय करोड रूपैयाँमध्ये सह–वित्तीयकरण अन्तर्गत तीन सय करोड लगानी रहनेछ।

मार्च २०२४ बाट सुरुवात हुने उक्त परियोजनाले देशमा हुने टायल्सको माग पूरा गरी आयात प्रतिस्थापन गर्न महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ।

प्रकाशित: १९ आश्विन २०८० ०२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App