२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सिटिजन्सको सत्रौं वार्षिक सभा

सिटिजन्स बैंकको १७ औं वार्षिक साधारणसभा असोज २६ गते बस्ने भएको छ। बैंकका वित्तीय विवरणबारे छलफल लगायत सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार ५.७९ प्रतिशतका दरले हुन आउने ८२ करोड २१ लाख ६१ हजार रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्न स्वीकृत गर्ने जस्ता विषय साधारणसभाका प्रस्तावहरू रहेको बैंकले जनाएको छ।

बैंकले देशैभरि फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा एटिएम र ९७ वटा शाखारहित बैंकिङ एकाइहरूबाट १६ लाख ४८ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको जनाएको छ।

प्रकाशित: ८ आश्विन २०८० ०२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App