५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

महालक्ष्मी विकास बैंकका ग्राहकलाई छुट

महालक्ष्मी विकास बैंकले स्वास्थ्य, र होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरूसँग व्यावसायिक सम्झौता गरेको छ । सम्झौता पश्चात् बैंकका डेविट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।  

सम्झौता अनुरूप बैंकका ग्राहकलाई कोटेश्वरको सूर्य जनसेवा हेल्थकेयरको ल्याबमा इन्भेष्टिगेसन सेवामा २० प्रतिशतसम्म, गैडहवाको सूर्यपुरा पोलिक्लिनिकमा १० प्रतिशतसम्म, न्यूरोडको कर्नर प्वाइन्ट रेष्टुरेन्ट एण्ड बारमा, न्युरोडकै इ–रिभल्भिङ इण्डियन कुजिन रेष्टुरेन्ट र इटहरीको गंगा–जमुना युनिसेक्स सैलुनमा १० प्रतिशतसम्म छुट पाउने छन् । 

यस किसिमको सहकार्यबाट बैंकका डेविट÷क्रेडिटकार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

प्रकाशित: ४ आश्विन २०८० ०५:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App