१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

‘आइएमई गरौं, करोडपति बनौं’ योजना सार्वजनिक

आइएमईले विदेशमा कमाएको रकम रेमिटेन्स मार्फत पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले ‘आइएमई गरौं, करोडपति बनौं’ योजना सार्वजनिक गरेको छ।  

योजना अन्तर्गत आइएमई गरी रकम पठाउने सेवाग्राहीमध्ये एक जनाले एक करोड रूपैयाँ नगद जित्नेछन् ।साथै, प्रत्येक महिना एक जनाले एक लाख नगद रूपैयाँ पाउने छन् ।

यसै गरी दशैँ, तिहार तथा छठ पर्वमा १८ सय सेवाग्राहीले थप पुरस्कार पाउने कम्पनीले जनाएको छ।आइएमई गरी आइएमई पे वालेट र बैंक खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राही यो योजनामा सहभागी हुन पाउने छन्।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईले वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन यो योजनाले उत्प्रेरकको रूपमा काम गर्ने बताएका छन् । साथै, योजनाले डिजिटल माध्यमबाट रकम पठाउन सेवाग्राहीलाई प्ररित गर्र्ने उनले बताए। योजना यही असोज २ गतेदेखि भदौ मसान्तसम्म लागु हुने कम्पनीले जनाएको छ ।

प्रकाशित: ४ आश्विन २०८० ०५:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App